२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

भैँसेपाटी गुटबन्दी समाप्त भएको सन्देश दिने बालुवाटारको बाँसुरी-सारंगी गठबन्धन

२१ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्चा रहेको भैँसेपाटी गुटबन्दी सकिएको संकेत दिने एउटा तस्बीर मगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उक्त तस्बीर भाइरल बनेको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा भएको सारंगी साँझको उक्त तस्बीरले नेकपाभित्रको समिकरण बोलेको धेरैले अनुमान गरेका छन ।

नेकपाका वरिष्ठ नेताद्धय सभामुख चयन पक्रियामा भैँसेपाटी गठबन्धनमा सहभागी हुन पुगेपछि प्रधानमन्त्री ओली कर्नरमा परेकोदेखि केन्द्रीय कमिटी, स्थायी कमिटी  र सचिवालयमा अल्पमतमा पुगेको भन्दै अनेक टिप्पणी र चर्चा भैरहेको सन्दर्भमा त्यो सबै बिर्साउने गरी नयाँ तस्बीरले सन्देश दिएको छ ।

तस्बीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाउँदै छन भने उनीसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल दायाँ र बाँया बसेर सारंगी रेटिरहेका छन । यसले बालुवाटारको माहौल त तात्यो र तस्बीरले अहिले सामाजिक सञ्जाल हुँदै नेकपाका धेरै नेता कार्यकर्ताको मस्तिष्क तताइदिएको छ ।

वर्तमानमा नेकपा भित्र केपी ओलीको विकल्प छैन भन्ने सन्देश तस्बीरले दिएको छ । ओली बाँसुरीको धुनमा लठ्ठिएका छन भने त्यही तालमा सारंगी रेट्दै वरिष्ठ नेताद्धयले मुस्कान छरीरहेका छन । यसले नेकपा भित्र सकारात्मक प्रभाव जमाउने अनुमान लगाउन कुनै कठिन छैन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार २१:३५