७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एडिलेडमा साेनाम ल्हाेछार मनाईदै

एडिलेड, अष्ट्रेलिया १ फेब्रुअरी । २८५६ अाैँ सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वकाे उपल्यक्षमा एडिलेडमा विविध कार्यक्रम आयोजना गरि मनाईने भएकाे छ। मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदा अर्थात गत २५ जनवरीबाट सुँगुर बर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको तामाङ सोसाइटी अष्ट्रेलियाका सचिव छेदा लामाले बताउनु भयो ।

यस अवसरमा तामाङ सोसाइटी अष्ट्रेलियाले फेब्रुअरी २ मा एडिलेडमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार १६:२९