९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने सरकारको निर्णय

२५ वैशाख, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको सक्रियतामा जाँचबुझ निर्देशिका तयार भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको तर्फबाट प्रस्तुत भएको ‘जाँचबुझ निर्देशिका’ स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै अब अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय कार्यान्वयन भएको छ । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको श्रममन्त्री विष्टले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ११:५२