१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेसलाई धक्का, अध्यक्षमा नेकपाका चुन्ना विजयी

१३ माघ, काठमाडाैँ । नेपालगन्ज उद्योग वाणिज्य संघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपालगन्ज अब्दुल वाहिद मंसुरी (चुन्ना) निर्वाचित भएका छन । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका ललित रौनियारलाई पराजित गर्दै चुन्ना विजयी भएका हुन ।

शनिवार राती घोषित परिणामअनुसार उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुन्ना  र उनको समूहका बहुमत पदाधिकारी र सदस्यले विजयप्राप्त गरेका छन । रौनियारलाई चुन्राले २ सय ७७ मत अन्तरले पराजित गरेका छन । यस्तै उपाध्यक्षमा अमितकुमार बस्नेत (बाणिज्य) र आदेशकुमार अग्रवाल ( उद्योग) बिजयी भएका छनछ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०८:३१