३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा मुक्तिनाथमा दुई दिने नाकाबन्दी

२५ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको केही दिनपछि हुने नेपाल भ्रमणका क्रममा मुक्तिनाथ मन्दिरमा दुई दिनका लागि नाकाबन्दी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एउटा सार्वजनिक सूचना प्रकाशित गरि दुई दिनसम्म सबैखालका दर्शनार्थीलाइ मुक्तिनाथ प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मनाङ जिल्लाबाट थोरङलापास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने जाने पदयात्रीलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय गरेको छ । सोही बैठकले वैशाख २८ र २९ गते मुक्तिनाथ जाने तिर्थयात्रीका लागि प्रवेश निषेध गरेको छ । नेपालमाथि नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिर दर्शनका लागि आउँदा फेरि मन्दिर प्रवेशमा नाकाबन्दी गर्ने जुन काम सरकारले गरेको छ यसको समाजिक सञ्जालमा चर्को बिरोध भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार ०८:३३