१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

सुर्खेतको प्रतीक होटलबाट जुवा खेल्दैगरेका पाँच जना ४९ हजारसहित पक्राउ


२४ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई ४९ हजारसहित पक्राउ गरेको छ ।

 

प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो ।

आज बिहान खानतलासका क्रममा नगद ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित एक घरमा छापा मारेको थियो ।

सो घरमा पनि जुवा खेलिरहेका घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य, अर्का एक ५५ वर्षीय दानबहादुर गुरुङ र नाम नखुलेको एक जनालाई नगद रु ३४ हजार ५०० सहित जुवा खालबाट पक्राउ गरेको थियो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १४:०९