१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउनेः मुख्यमन्त्री राई


२४ वैशाख, पाँचथर । पाँचथरमा आयोजीत कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् ।

फिदिममा आज आयोजित कार्यक्रममा जानकारी दिंदै मुख्यमन्त्री राईले सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने बताए ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाए ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १३:२३