१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

पर्सामा प्रहरीमाथी गोली चल्यो, ५ प्रहरी घाइते


२४ वैशाख, पर्शा । पर्सामा प्रहरीमाथी गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोली लागी ५ प्रहरी घाइते भएका छन् ।
घाईते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ ।

भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प हुँदा गोली चलेको हो । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतिय नागरीक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानिय र प्रहरीबिच सोमबार विहान झड्प भएको बताईएको छ । झड्का क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ ।

भारतीय नागरीकलाई चेकजाँचका क्रममा मापसे गरेको र भारतिय नम्बर प्लेटको मोटरसाईकलमा चार जना सवार रहेको फेला पारेपछी आईतबार साँझ ८ बजेतिर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको थियो । मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनी प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको थियो ।

पक्राउ परेकाहरुलाई छुटाउन पुगेका स्थानिय र प्रहरीबिच लामो समय विवाद भएपछी प्रहरी जिल्ला प्रहरी कार्यालय पर्सातर्फ लगेको थियो । स्थानियले ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछी स्थिती नियन्त्रणमा लिनका लागी हवाई फायर गरिएको इन्सपेक्टर ज्ञान कुमार महतोले जानकारी दिएका छन् ।

स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १०:१६