१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बाख्रा चराउन गएका खोटाङका तीन बालबालिका बेपत्ता


२४ वैशाख, खोटाङ । बाख्रा चराउन जंगल गएका तीन बालबालिका वेपत्ता भएका छन । वेपत्ता हुनेमा एक बालिका र दुई बालक रहेका छन । प्रहरीका अनुसार शनिबार बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीया सुमन श्रेष्ठ, ११ वर्षीय अनित माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएका छन ।

खोजी गर्दा पनि नभेटिएपछि आफन्तले आइतबार साँझ खोजीका लागि प्रहरीमा निबेदन दिएका थिए । बेपत्ताको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०९:०९