१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

मकवानपुरमा चट्याङबाट एकै रातमा तीन जनाको मृत्यु


२४ वैशाख, मकवानपुर । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटाैँडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिनुभयो ।

यसैगरी उक्त चट्याङपछि गम्भीर घाइते भएकी हेटाँैडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०८:४८