१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सोलुखम्बुमा लेक लागेर एक जापानी पर्यटकको मृत्यु


२४ वैशाख, सोलुखुम्बु । सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ । खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । सगरमाथा आरोहणका लागि उहाँ गत वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन प्रालिमार्फत आउनुभएका थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०८:४२