२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

चितवनमा रुखले च्यापिएर दुई महिलाको मृत्यु, दुर्इ घाइते

२४ वैशाख, चितवन । हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् ।

श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका कारण ढलेको रुखले थिचिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो । रुखको हाँगाले लागेर शिव गुरुङ र शिव थापामगर घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०८:१०