१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

हिउँदे आरोहणको अनुमति खुला

५ माघ, काठमाडौं । यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारवटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।

फाइल तस्बिर ।

सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ । नुप्त्सेका लागि पाँच, आमादब्लमका लागि १५ र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यसरी अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले अनुमति लिइसकेको विभागले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । अहिलेसम्म अनुमति लिनेमा सबै पुरुष छन् । कुल अनुमति लिनेमा २३ स्पेन, दुई जर्मनी र एक-एक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन् ।

आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । त्यसमध्ये १५ लाख १३ हजार रुपैयाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ । हिउँले सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०७:२७