२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पूर्वी नेपालमा सडकको दुरावस्थाः सडक पार गर्न बसलाई तान्ने र ठेल्ने गर्दैको हैरानी

–रुपा भण्डारी
देशका धेरै सडक खण्डहरुमा व्यवस्थापन तथा पुनः निर्माण हुन नसक्दा वर्षेनि हजारौं यात्रीहरुले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । देशमा कतिपय स्थानमा सडक सञ्जाल जोडिएका छैनन भने सडक सञ्जाल जोडिएका स्थानहरुमा सामान्य रुपमा नै भएपनि व्यस्थापन हुन नसक्दा यात्रीले सास्ति खेप्दै आएका छन् । यस्तै समस्या खेप्दैआएका छन, कोशी राजमार्ग अन्तर्गतको धरान खाँदबारी सडक खण्डमा यात्रा गर्ने यात्रीहरुले । प्रदेश न. १ मा पर्ने सुनसरी जिल्लाको धरानदेखि चीनसँग सिमाना जोडिएका संखुवासभाको खाँदबारीसम्मको सडकमा बिगत केहि वर्ष पहिले कालो पत्रे गरेको भएपनि सडक आधा भन्दा बढि बिग्रिएको अवस्था छ । अर्थात खाल्डाखुलीको बीचमामात्र सडक बाँकी रहेको छ ।

साविकको माम्लिङ गा. वि.स. वार्ड न. ४ देखि तामाफोक गा.वि.स को वार्ड न.९ सम्म हालको धर्मदेविनगरपालिका को वार्ड न. ४ दखि १ सम्म पर्ने तेहृथुम जिल्लासम्म सिमाना जोडिएको टुटे देउराली सम्मको करिब २० किलोमिटर सडक ४/५ वर्ष पहिले नै पुर्ण रुपमा कालो पत्रे उक्किनको साथै छेउको पर्खाल समेत भत्किए पछि यात्रामा जोखिम बढेको छ । सुनसरीको धरानदेखि संखुवासभाको सदरमुकाम खाँदबारीसम्मको सडकको दुरी करिब १ सय ८० किलामिटर छ । सो सडक बिचमा पर्ने करिब २० किलोमिटर सडकमा कालो पत्रे हुन नसक्दा यात्रामा समस्या भएको छ । सडक पुनः मर्मतको लागि आक्थुहाङ र सोच्छन्द २ वटा कम्पनीले हाल काम गरीरहेका छन् ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्य सम्ममा काम पुरा गर्ने उदेश्यले अहिले काम भईरहेको छ । करिब ३२ करोडको लागतमा र्निमाण हुन लागेको सो सडक खण्डको काम चालु आर्थिक वर्ष २०७४/७५ को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेपनि समयमा कामपुरा हुने छाँट देखिएको छैन । गत आर्थिक वर्ष २०७३/७४ बाट सुरु भएको पुनः निर्माणको कामले गति लिन नसकेकोले काम पुरा हुन नसक्ने सम्भावना रहेको र काम एक दमै सुस्त गतिमा भईरहेकोले चालु आर्थिक वर्षमा काम सम्पन्न हुन नसक्ने अवस्था देखिएको मुडे बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

वर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोमा परिणत हुने समस्याले यात्रीहरुले वर्षौदेखि समस्या झेल्दै आईरहेका छन् । पानी पर्ने समयमा सडकको बिचमा रहेका खाल्डोमा पानी जम्ने समस्याले गर्दा गन्तव्यमा हिडेका यातायातका सवारी साधन बिच बाटोमा पुगेर अलपत्र पर्ने गरेका छन् । २ घण्टा बिचको समयमा पार गरिने बाटोको दुरीमा भारी लोड बोकेर आएका सवारी साधन बिच बाटोमा फसे पछि ३ दिनसम्म पनि निस्कन सक्दैनन् जसले गर्दा दुवैतर्फ आवतजावत गर्नको लागि समस्या हुने गरेकोे छ ।

सडकमा भएको खाल्टालेगर्दा उपचारको लागि हिडेका बिरामी अझ बडि मारमा पर्ने गरेका छन् । समयमा उपचार केन्द्रसम्म पु¥याउन नसक्दा विरामी तथा आकस्मिक उपचारको लागि विरामी बोकेर हिडेका आकस्मिक सेवाका एम्बुलेन्स अझ बढि मारमा पर्ने गरेका छन् । पूर्वको व्यापारिक नाका झापाको बिर्तामोड, काँकडभिट्टा, मोरङको विराटनगर, जोगबनी, सुनसरीको ईटहरी, धरान लगायतका ठाँउबाट धरानदेखि खाद्यान्न, लत्ताकपडा, ईन्धन लगायतका सामान पूर्वका धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम लगाएतका जिल्लामा आपुर्ति हुने गरेको छ । जिल्लाका उत्तरी भेगमा उत्पादन हुने बहुमुल्य जडिबुटि तथा रुद्राक्षको समेत व्यापार गर्न व्यापारिक स्थलसम्म पु¥याउन नसक्दा व्यापार घाटा समेत बढ्दै गएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०७:३४