२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

दुईतिहाइको कम्युनिस्ट सरकारलाई अर्को झट्का, नाट्टाको अध्यक्षमा कांग्रेस समर्थित गुरागाई विजयी


४ माघ, काठमाडाैँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा  नेपाली कांग्रेस समर्थित अच्युत गुरागाई विजयी भएका छन । नाट्टाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।  गुरागाईले प्रतिस्पर्धी भिम प्रसाद पन्त र निहीका शाहलाई पराजित गरे । पन्त नेकपा निकटका हुन भने शाह कांग्रेसकै एउटा समूहको उम्मेदवार बनेकी थिइन । यसअघि लगातार दुइ कार्यकाल नेकपा निकटका व्यक्तिले नाट्टाको नेतृत्व गरेका थिए ।

कांग्रेस निकटका व्यवसायी दुइवटा प्यानल नै बनाएर चुनाव लडेपछि नेकपा निकटका व्यवसायीले सहज जितको अनुमान गरेका थिए तर गुरागाईले व्यवसायीहरूको विश्वास जितेर नेकपा निकटका उम्मेदवारलाइ शानदार ढंगले पराजित गरे । पर्यटनसँग सम्बन्धित संस्थामा दुईतिहाइको कम्युनिस्ट सरकार चलाइरहेको नेकपाको तेस्रो पराजय हो ।

यस्तै निर्वाचनबाट नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्ननेेत, उपाध्यक्षमा थाेेपा थापा, महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा यूविका भण्डारी निर्वाचित भएका छन् । यस्तै सदस्ययहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राज कुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

dav

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०६:३५