८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बूढानीलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत लीला अधिकारीविरुद्ध मुद्दा दायर

२३ वैशाख, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले रु पाँच लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिन पहिले उहाँहरु पक्राउ पर्नुभएको थियो । आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १९:४२