२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

बझाङमा बाढीको कहरः एकै परिवारका २ सहित ३ जनाको मृत्यु, २ बालबालिका बेपत्ता


२३ वैशाख, बझाङ । बझाङमा बाढीमा बगेर तीन जनाले ज्यान गुमाएका छन । शनिबार राति परेको असिना–पानीसँगै आएको बाढीले तीन जनाको ज्यान लिएको प्रहरीले जनाएको छ । बाढीमा दुई जना वेपत्ता भएका छन । बझाङको गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका २ सहित ३ जनाको मृत्यू भएको हो भने २ बालबालिका बेपत्ता रहेका छन ।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक र उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको बाढीले बगाएर मृत्यु भएको छ । हर्कका ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा बेपत्ता भएका छन ।

बाढीले जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने केदारस्यूँ गाँउपालिकाको सुडिखोला खण्डमा माटो थुप्रिए पछि शनिबार रातिदेखि नै यातायात बन्द भएको छ । सडक अवरुद्ध हुँदा बझाङबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १२:००