२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

आंशिक प्राध्यापकका कारण त्रिवि सभा (सिनेट) विथोलियो, तत्कालका लागि सिनेट स्थगित


२३ वैशाख, काठमाडौँ । आंशिक प्राध्यापकहरुले अाज आयोजना हुन लागेको त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) औचित्यहीन भएको भन्दै बिथोलेका छन । नेपाल आंशिक प्राध्यापक संघले आव्हान गरेको असहयोग आन्दोलनलाई थप सशक्त पार्न गत बैशाख १६ गतेदेखि कक्षा बहिष्कार गरिरहेका प्राध्यापकहरू सिनेट  बिथाेलेका हुन । सयाैँकाे सख्यामा काठमाडौंको कीर्तिपुरमा जम्मा भएका अांशिक प्राध्यापकका अघि त्रिविले अाफ्नाे केही नचल्नेदेखि सिनेट स्थगित गरेकाे अांशिक प्राध्यापक संघका अध्यक्ष डा महेश गजुरेलले दैनिकीलार्इ जानकारी  दिए ।

यता त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले दाबी गरेका छन । यद्यपी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट स्थगित भएको भन्नु गलत भएको बताएका छन । उनले भने “प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थियो भने आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।”

यसअघि शनिबार बिहान सम्पन्न संघको विस्तारित बैठकले विगतका सम्झौताहरू कार्यान्वयन गर्ने भरपर्दो आधार नदेखिएको हँुदा जारी आन्दोलनलाई निर्णायक बनाउने निर्णय गरेको थियो । यसअघि देउवा सरकारले १४२० दरबन्दीमार्फत् आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र अर्थ मन्त्रालयको कर्मचारी संयन्त्र त्यसलाई कार्यान्वयन नगराउन लागिपरेको संघले ठहर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका ७० प्रतिशत कक्षा भार लिइरहेका आंशिक प्राध्यापकहरूले अब न्युन दैनिक ज्यालादारीमा आंशिकको रूपमा कक्षामा नफर्किने सङ्कल्प पनि गरेका छन् । उनीहरूले आफ्नो माग स्वतः स्थायी नभई समान ज्यालाको लागि भएको भन्दै साथ र समर्थनको लागि मानवअधिकारबादी तथा नागरिक समाजलाई अपील पनि गरेको छ ।

   

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार ११:३६