२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

अवैध रुपमा नेपालबाट भारततर्फ लैजान लागिएको गाई प्रहरी नियन्त्रणमा


२३ वैशाख, महोत्तरी । नेपालको महोतरी जिल्लाबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा चारवटा गाई महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको गाई, बाछाबाछीहरु प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १०:१५