१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी


२४ पुस, काठमाडाैँ । राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी चयन भएका छन । व्यवसायिक आचारसंहिता, संस्थागत सामाजिक उत्तरदायित्त्व, सुसासन जस्ता बिधामा काम गरिरहेको निजी क्षेत्रको संस्थाराष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)को बुधबार भएको साधारणसभाले निर्विरोध रूपमा जोशी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सधारणसभाले उपाध्यक्षमा सुकुन्तललाल हिराचन, महासचिव सुरेन्द्रबीर मालाकार, कोषाध्यक्षमा दिपक मलहोत्रा, सचिवमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने चयन भएका छन । सधारणसभाबाट २३ सदस्यीय कार्यसमिति चयन भएको छ । सभाले बिधान संशोधन गरी संस्थालाई पुनर्संरचना गर्दै सातैवटा प्रदेशमा समिती गठन गरि अघि बढ्ने योजना रहेको सचिव गोपीकृष्ण न्याैपानेले जानकारी दिए । उनका अनुसार साधारणसभाले स्थापनाकालखि अध्यक्ष रहेका पद्वम ज्योतिलाइ पदेन सदस्य राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ११:३३