२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

कहिल्यै हड्ताल नगर्ने कागज गरी छुटे पश्चिम नेपाल र बुटवल यातायात समितिका पदाधिकारी


२३ वैशाख, काठमाडौँ । कहिल्यै हड्ताल नगर्ने कागज गरी पश्चिम नेपाल र बुटवल यातायात समितिका पदाधिकारी प्रहरी खोरबाट छुटेका छन । शुक्रबार यातायात सेवामा हडताल गरेको अभियोगमा रुपन्देहीबाट १२ यातायात व्यवसायी पक्राउ परेका थिए ।

आगामी दिनमा कहिल्यै हडताल नगर्ने र सरकारी नियम कानुनलाई मानेर अघि बढ्ने कागजमा हस्ताक्षर गरेपछि शनिबार साँझ उनीहरु प्रहरी नियन्त्रणबाट रिहा भएका हुन ।

रिहा हुनेमा पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवनकुमार बञ्जाडे, महासचिब पदमराज गाहा, सहसचिब चेतनारायण बेल्बासे, बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठ लगायत रहेका छन ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार ०८:३८