२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्मचार्यसहित पाँच पक्राउ, एक वर्षसम्म थुन्ने तयारी


२२ वैशाख, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पाँच जना पदाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का रहेका छन । अत्यावश्यक सेवा अवरुद्ध गरेको आरोपमा नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

महासंघका महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा रहेका छन् । सरकारले सिण्डिकेटधारी यातायात व्यवसायीलाई कानुको अधिनमा ल्याउन गरेको प्रयासको सर्वत्र स्वागत भएको छ ।

सरकारले अत्यावश्यक सेवामा अबरोध गरेको आरोपमा व्यवसायीलाई मुद्दा लगाइ एक वर्षसम्म जेलमै कोच्ने संकेत समेत देखिएको छ । यद्यपी कमजोरी स्वीकार गरेर व्यवसायीले आत्मसमर्पण गरे एक पटकलाई छुट दिने मनस्थिति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले बनाएको बुझिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार २२:४२