२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

कञ्चनपुरमा तिस लाखको क्षति


२२ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ ।एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो ।

आगलागीबाट चार परिवारको घर जल्दा रु छ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए ।

हावाहुरीबाट घरको छानोमा राखेका टायल फुटालेको र घरको छानोमा रुख ढल्दा आठ परिवारले रु चार लाख बढीको क्षति व्यहोरेका छन् ।

यसैगरी, हावाहुरीसँग आएको असिना पानीले व्यावसायिक खेतीमा लागेका किसानको तरकारी बाली र फलफूल खेतीमा रु २५ लाख बढी क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १३:५०