२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

धनगढीमा वडा कार्यालय नजिक बम विस्फोट


२२ वैशाख, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तुलाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् ।
शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १२:५२