२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

विप्लपको बन्दको आंशिक प्रभावः दाङ जाँदै गरेको बसमा बम प्रहार, इलाममा जीपमा आगजनी


२२ वैशाख, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । बन्दको समयमा सब चालएको भन्दै विप्लव माओवादीका कार्यकर्ताले कपिलवस्तुमा मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा शनिबार बिहान बम प्रहार गरेका छन ।

कपिलवस्तुको ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने ठाउँमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट गाडीमा आगो सल्किँदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएका थिए । यस्तै इलामको मेची राजमार्गअन्तर्गत पुवाखोला खण्डमा शनिबार बिहान गाडीमा आगजनी भएको छ ।

फाइल फोटो ।

विप्लवका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै गाडीमा आगजनी गरेका हुन । आगजनीबाट दुई लाख बराबरको क्षति भएको बताइएको छ । विर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको १ च ७८१५नम्बरको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ११:५१