२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

ग्लोबल आईएमई बैंकको जिप पांग्रा फुस्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ जना घाइते


२२ वैशाख, वर्दिया । बर्दियामा ग्लोबल आईएमई बैंकको जिप पांग्रा फुस्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । जिप दुर्घटना ६ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट नेपालगञ्ज आइरहेकोको बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुकी औरीमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ११:४१