३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिन कांग्रेसको प्रस्ताव (भिडियोसहित)

२० पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने प्रस्ताव अघि सारेकी छिन । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले विवादित भूमिकाको बारेमा लिजको प्रस्ताव अघि सारेकी हुन ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् भन्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनु राम्रो हुने बताइन ।  उनले भनिन्,‘भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ ।’

पूर्व परराष्ट्रमन्त्री कोइरालाको उक्त प्रस्ताव ५६ मिनेटपछि सुन्न र हेर्न सकिन्छ ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार २३:०५