२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

प्रदेश ४ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नयाँ शक्तिको अबरोध


२२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीले प्रदेश ४ को प्रदेशसभा बैठकमा अबरोध सिर्जना गरेका छन । प्रदेश ४ सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै कांग्रेस र नयाँ शक्तिका सांसदले संसद् बैठक अबरुद्ध पारेका हुन । बजेट कार्यकर्ता पोस्ने गरी ल्याइएको भन्दै उनीहरुले बैठक अबरुद्ध गरेका हुन ।

कांग्रेस–नयाँ शक्तिको अबरोधसँगै कार्यसूचीमाथिको छलफल प्रभावित भएको थिये । बैठकमा प्रदेश विनियोजना विधेयकसँगै प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप प्रस्ताव र विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । शुक्रबारको बैठक स्थगित भएपछि आइतबारका लागि अर्को बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ११:३५