१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सांसद सुरेशचन्द्र दास कांग्रेस परित्याग गर्ने बित्तिकै कसरी भए भारतीय ?

९ फागुन, काठमाडौँ । सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी माओवादी सांसद सुरेशचन्द दास भारतीय नागरिक भएको भन्दै शपथ नगराउन संसद सचिवालयमा उजुरी दर्ता भएपछि अनेकन प्रश्नहरु सिर्जना भएका छन । कांग्रेस नेता तथा पूर्व सांसद रामहरि खतिवडाले दास भारतीय नागरिक भएको दाबीसहित संसद सचिवालयमा उजुरी दिएका थिए ।

उनले उजुरी माफर्त दास भारतीय नागरिक भएको भन्दै शपथ ग्रहण नगराउन संसद सचिवालयको ध्यानाकर्षण समेत गराएका छन । यद्यपी दुई पटकसम्म नेपाली कांग्रेसबाटै सांसद बनेको दास त्यतिनजेलसम्म किन भारतीय नागरिक भएनन भनेर प्रश्न उठेको छ । राष्ट्रिय जनता पार्टीका नेता डा सुरेन्द्रकुमार झाले दास दुई पटकसम्म कांग्रेसबाट सांसद भएको र मन्त्री समेत भएको दाबी फेसबुकमा गरेका छन ।

कांग्रेसकै नेता खतिवडाले माओवादी केन्द्रका तर्फबाट विजयी दास भारतीय नागरिक भएको र बिहारको दरभंगामा उनको स्थायी घर भएको दाबीसहित संसदमा उजुरी दिएपछि उनी कांग्रेसको राजनीतिमा क्रियाशिल रहँदासम्म किन भारतीयको लगाम लगाइएन भन्ने प्रश्न समेत उठेको छ । दास नेपाली कांग्रेस परित्याग गरी पछिल्लो समय माअोवादी केन्द्रमा क्रियाशिल रहेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०५:५९