१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीको आँखा फुटाइदिए, प्रहरीले उजुरी नै लिन मानेन

२० पुस, रूपन्देही । रूपन्देहीको सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत विद्यार्थीको शिक्षकले कुटेर आँखा नै फुटाइदिएका छन । शिक्षकको कुटाइबाट कक्षा ५ मा अध्ययरत तौफिक धुनियाको आँखामा गम्भीर चोट लागेको छ । शिक्षक शैलेन्द्र बरईले गृहकार्य (होमवर्क) नगरेको भन्दै विद्यार्थाीलाइ कुटपिट गरेका हुन ।

विद्यार्थीको आँखा फुटाएपछि शिक्षक बराइ भने फरार रहेका छन । प्रधानाध्यापकले एक साताका लागि विद्यालय बन्द गराएका छन । १० वर्षिय बालक धुनियाको हजुरबुबा मोहम्मद हुसेनले उनको बाँया आँखामा गम्भीर चोट लागेको र स्थायनी अस्पतालमा उपचार सम्भव नभएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याएको जानकारी दिएका छन ।

शिक्षकले विद्यार्थीको आँखा फुटाउँदा पनि बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने त्यसको बचाउ गरेका छन । उनले धुनियाले अरू समयमा पनि शिक्षकले भनेको नमान्ने गरेका कारण समान्य रूपमा तर्साएको बताएका छन । उनले शिक्षकले कुटपिट नगरको दाबी गरेका छन । शिक्षक बराइलाइ समेत उनैले लुकाएका छन । शिक्षकले कुटेर विद्यथीको आँखा नै फुटाइदिए पनि प्रहरीले पीडित परिवारको उजुरी लिन मानेको छैन । इलाका प्रहरी कार्यालय मर्चवारमा पीडित परिवारले उजुरी दिन खोजे प्रहरीले लिन नमानेको हो । विद्यालयले कक्षा ४ सम्मको मात्र अनुमति लिएको पाइएको छ ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार १०:५९