१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

चक्रपथमा चल्ने मोनोरेलको डीपीआर तयार


२० पुस, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालन हुने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआर तयार भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र महानगरबीच गत पुसमा डीपीआर निर्माणसम्बन्धी सम्झौता भएको थियो । सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार गर्ने सहमति भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

सम्भाव्यता अध्ययनअनुसार चक्रपथमा रेल सञ्चालन गर्न १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सम्भाव्यता अध्ययनले देखाएको सम्भावनालाई मूर्तरुप दिन डीपीआर गरिएको हो । मोनोरेल चक्रपथमा ३ चरणमा निर्माण गरिनेछ । कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्डमा हुनेछ । सय किमि प्रतिघण्टा गुड्ने रेलले एकपटकमा हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ ।

सम्भाव्यता अध्ययनले काठमाडौंमा मोनोरेल सञ्चालन सम्भव देखाएको थियो । उक्त अध्ययनलाई संस्थागत गर्न महानगरले डीपीआर अघि बढाएको हो ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०६:१६