२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

राजनीतिक संरक्षणमा फेवातालको अतिक्रमण ! यी हुन पहिचान भएका व्यक्ति र संस्था (सूचीसहित)


२२ वैशाख, काठमाडौँ । कास्की पोखराको एउटा महात्वपूर्ण सौन्दर्य फेवातालको अतिक्रमणमा राजनीतिक संरक्षण रहेको देखिएको छ । तालको अतिक्रमण गर्नेहरुलाई प्रमुख दलका नेताले संरक्षण गरेको रहस्य पत्ता लागेको छ । अझ पछिल्लो समय फेवाताल अतिक्रमण गरी बनाइएको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिका सञ्चालक सुनिल शाक्यलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री राविन्द्र अधिकारीले आफ्नै अध्यक्षतामा रहेको पर्यटन क्षेत्रका विज्ञ समूहको सदस्यमा मनोनयन गरेबाट यसको थप पुष्टि हुन्छ ।

शाक्यले सञ्चालन गरेको रिसोर्टले फेवातालको आतिक्रमण गरेको जान्दाजान्दै आफ्नै विज्ञ समूहमा राखेर अधिकारीले के सन्देश दिन खाजेका हुन भनेर एमालेभित्रै प्रश्न उठेको छ । पोखरामा रहेर होटल व्यवसाय गरिरहेका एमाले निकट एक होटल व्यसायीले भने, ‘यसबाट अधिकारी नै फेवाताल अतिक्रमणको पक्षमा छन कि भन्ने आशंका समेत उठेको छ ।’

फेवातालको फाइल तस्बीर ।

नेकपा एमाले र त्यसमा पनि रविन्द्र अधिकारी, राजिव पहारी लगायतले प्रतिनिधसभा र प्रदेशसभाकाे  निर्वाचनको समयमा फेवाताललार्इ पुरानै अवस्थामा फर्काउने प्रतिवद्धता पटकपटक जनाएका थिए तर अहिले प्रतिनिधिसभामा जितेर पर्यटनमन्त्री नै भएपछि अधिकारीले तालको अतिक्रमणा गर्नेलार्इ नै काखी च्यापेर हिडेका छन । यसले मन्त्री अधिकारीको बोली र व्यवहार ठ्याक्कै फरक हुने देखाएको छ ।यता युवा संघका पूर्व अध्यक्ष समेत रहेका पहरीले अधिकारीकाे भन्दा चर्को स्वरमा फेवाताल पुरानै अवस्थामा फर्काउने भाषण गर्दै हिडेका थिए तर अहिले उनी फेवातालबारे वेखबर जस्तै बनेर बसेका छन ।

तस्बीरमा पर्यटनकन्त्री अधिकारी र व्यवसायी सुनिल शाक्य । केही दिनअघिमात्रै सर्वाेच्च अदालतले अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारका नाममा आदेश जारी गरेको थियो । यसअघ अतिक्रमणबारे छानविन गर्न बनेको एउटा समितिले तयार पारेको प्रतिवेदन अनुसार पछिल्लो ४६ वर्षमा फेवाताल क्षेत्रमा ५ दशमलव ८० वर्गकिलोमिटर क्षेत्रफल जमिन अतिक्रमण भएको छ । २०१८ सालमा फेवाताल १० वर्गकिलोमिटरमा फैलिएको थियो । तर २०६४ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार फेवाताल क्षेत्र ४.२० वर्गकिलोमिटरमा खुम्चिएको रिपोर्ट सार्वजनिक भएको थियो ।

यो पढ्नुस

–फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक सुनिल शाक्यलाई पर्यटनमन्त्री अधिकारीकै संरक्षण

२०७२ साल असारमै पहिचान भएका अतिक्रमणकारीको सूची 

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १०:३३