१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

सरकार र आन्दोलनरत उखु किसानबीच ५ बुँदे सहमति


१८ पुस, काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबीच ५ बुँदे सहमति भएको छ । उद्योग मन्त्रालयमा शुक्रबार साँझ उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा ५ बुँदे सहमति भएकाे हाे ।

उखु किसानलाइ सरकारले तोकेको मूल्य दिने, चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता रकम माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने, साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने लगायतका सहमति भएको छ । यस सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएकाे छ ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १८:२९