१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा ज्ञानबहादुर विसुराल


-प्रदिप घिमिरे

१८ पुस, चितवन । चितवनका पोल्ट्रि व्यवसायी ज्ञान बहादुर बिसुराल नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चयन भएका छन् । चितवनमा आज शुक्रबार भएको प्रदेश ३ को भेलाले बिसुराललाइ संघको अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट र कोसाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् ।

सदस्यहरुमा पुरु खनाल, घनश्याम पौडेल ,हरिकृष्ण खनाल ,दिपेश श्रेष्ठ ,सुनिल ढकाल ,संजिब ढकाल ,अनुज जिसि, ओम प्रकाश कार्की , बिजय देशार सर्बसम्मत रुपमा चयन भएका हुन् ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १६:१८