१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

१८ पुस , रासस/एएफपी । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाउनुभएको छ । इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उहाँले भन्नुभएको छ– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो । उहाँले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताउनु भएको समाचारमा जनाइएको छ ।

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको समाचार यसअछि नै आएको थियो । कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताउनुभएको छ । अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १६:०६