८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै एडिलेडमा नेपाली टाेपी दिवस मनाइयो (फोटोफिचर)

१८ पुस, एडिलेड, अष्ट्रेलिया । प्रबासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरी एडिलेडमा जनवरी १ मा टाेपी दिवस कार्यक्रम आयोजना गरेको छ । आयोजक समितिका आर के शर्माले प्रवासमा रहेका नेपालीहरुले नेपाली एकता, सद्भाव र सहयोगको पर्यायका रुपमा अनन्तकालदेखि शिरको शिखरका रुपमा परिचित नेपाली टोपीलाई संसारभर चिनाउने एवं नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने अभियानलाई मियोको स्वरुप दिन विगत बर्षहरु झै यस वर्ष पनि नेपाली टोपी दिवस २०२० मनाइएको बताउनुभयो ।

आयोजक समिति अर्का सदस्य शिव रिमाल नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई मुर्त रुप दिन संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्न कार्यक्रम सफल भएको बताउनुभयो ।

आयोजक समितिका अनुसार कार्यक्रममा नेपालीपन झल्काउने विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । त्यसै गरि मनाेरञ्जनात्मक खेलहरु पनि खेलाईने थियो । कार्यक्रमकाे अाकर्षण पञ्चेवाजा समूह एडिलेडकाे प्रस्तुति पनि रहेको थियो । प्रवासी मञ्च साउथ अष्ट्रेलियाका अध्यक्ष हेम खनाल यो पटकको टोपी दिवस मार्फत नेपाली समुदायलाइ आफ्ना गैर्ह नेपाली साथीहरूलाई नेपाल भ्रमण वर्षको बारे विशेष रुपमा जानकारी दिन अनुराेध गरेको बताउनुभयाे ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ११:१६