२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

विद्यासुन्दरको कानैमा विद्यार्थीले फुके सिठी (भिडियोसहित)


२१  वैशाख, काठमाडाैँ । विभिन्न विद्यार्थी संगठनले निजी विद्यालयमा भएको शुल्क वृद्धिको विरोधमा आज काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबारमा एक घण्टा सिठ्ठी जुलुश प्रदर्शन गरेका छन् ।

शुल्क निर्धारण मापदण्डविपरीत मनोमानी शुल्क बढाइएको भन्दै सो प्रदर्शन गरिएको हो । ती संगठनले यसअघि भक्तपुरस्थित शिक्षा विभाग, प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

अनेरास्ववियुका सचिव आरसी लामिछाने, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अनेरास्ववियु(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले स्थानीय सरकारले निजी विद्यालयलाई नियमन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । सचिव लामिछानेले आफूहरु यातायातको एकाधिकारविरुद्ध सरकारले सञ्चालन गरेको कारवाही र व्यवसायीको ज्यादतीको विपक्षमा रहेको पनि जनाउनुभयो ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार २२:४७