२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

धादिङका दुई जना गाँजासहित पक्राउ


२१ वैशाख, धादिङ । लागुऔषध कारोवार गरेको आरोपमा गाँजा र मोटसाइकलसहित प्रहरीले दुई जनालाई गल्छी गाउँपालिका वडा नं २ कल्लेरीबाट पक्राउ गरेको छ ।

मोटरसाइकलमा सात किलो ५०० ग्राम गाँजा ओसारपसार गरिरहेका अवस्थामा बा ६७ प ४५०३ नं को मोटसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

मोटरसाइकलमा राखेर लुकाइछिपाई निकासी गरेर बिक्रीका लागि लान लागेको अवस्थामा सो सामान जाँचका क्रममा बरामद भएको हो । गाँजासहित प्रहरीले गल्छी – ६ का जयराम अधिकारी र गल्छी – ७ का गंगा श्रेष्ठलाई बिहीबार पक्राउ गरी लागुऔषध ओसारपसार तथा कारोवार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार २०:२०