२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

दलित ग्राहकलाई दुर्व्यवहार गर्ने धादिङका ज्ञानेन्द्रबहादुर मगर धरौटीमा छुटे


२१ वैशाख, धादिङ । धादिङका होटल व्यवसायी ज्ञानेन्द्रबहादुर मगरको होटलमा खाजा खान आएका ग्राहकलाई जातीय छुवाछूत गरेको आरोप लागेका व्यापारीलाई जिल्ला अदालतले आज धरौटीमा रिहा गरेको छ ।

गजुरी गाउँपालिका – ३ का २८ वर्षीय मगरलाई जिल्ला अदालतको आदेशले रु १० हजार धरौटीमा रिहा गरेको हो । मगरको होटलमा चाउचाउ खान गएका सोही स्थानका ३४ वर्षीय चन्द्रबहादुर विकलाई होटलमा जातीय छुवाछूत गरी होटलबाट बाहिर बस्न लगाएका थिए ।

आफूलाई जातीय छुवाछूत गरेको जनाउँदै विसं २०७४ चैत २५ गते विकले जाहेरी दिएका थिए । अभियुक्त मगरलाई प्रहरीले वैशाख १२ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार २०:०१