१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

वायु प्रदूषणबाट सिर्जित समस्याको समाधानका लागि सरकारसँग माग


८ फागुन, काठमाण्डौँ । काठमाण्डौँमा वायु प्रदूषणबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ ।

स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले मंगलबार जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाएकोछ ।

सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने बताएकाछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार २१:०१