नेपाल भ्रमण वर्षको सुरूवातको अवसरमा नुवाकोटमा त्रिशुली नदी सफाइ (फोटोफिचर )
१६ पुस, नुवाकोट । नेपाल भ्रमण वर्षको सुरूवातको अवसरमा नुवाकोटमा त्रिशुली नदी सफाइ गरिएको छ । भ्रमण बर्ष २०२० को पहिलो दिन आज जनवरी १ को उपलक्षयमा त्रिशुली नदी सरसफाई अभियान २०७६ मुल समितिको आयोजना तथा जिल्ला समन्वय समितीको नेतृत्वमा बिदुर नगरपालिका वडा नं. १० स्थित उत्तरगयाधाम अासपासको त्रिशुली नदीको सफाइ गरिएको हो ।
बेत्रावतीमा बिहानको ०८:०० देखी १०:०० बजेको समयसम्म सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख अबि नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार सफाइमा प्रहरीका १८ जनाको टोली, नेपाली सेनाको टोली, बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय जनप्रतिनिधीहरु, भद्र-भलाद्मी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १३:५६