१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सिण्डिकेटधारी बस व्यावसायी धमाधम पक्राउ


२१ वैशाख, रुपन्देही । गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिण्डिकेटवाला पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन । अत्यावश्यक सेवा यातायतमा हडताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले जानकारी दिएका छन । झण्डै २५ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई उर्दी जारी गरेको थियो । प्रहरीले मकवानपुरमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपानेलाई पनि पक्राउ गरेको छ । त्यस्तै प्रहरीले सगरमाथा बस व्यवसयीसंघका पदाधिकारीलाई सप्तरीबाट पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १३:५५