१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

विद्यालयको बसले ठक्करदिदा ३ वर्षीया बालिकाको मृत्यु


२१ वैशाख,मोरङ । मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बससहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १२:३८