१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक सुनिल शाक्यलाई पर्यटनमन्त्री अधिकारीकै संरक्षण


२१ वैशाख, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले फेवाताल अतिक्रमण गर्ने सुनिल शाक्यलाई संरक्षण गरेका छन । मन्त्री अधिकारीले आफैँ अध्यक्ष रहेको पर्यटन विज्ञ समूहमा शाक्यलाई मनोनयन गरेर संरक्षण गरेका हुन । मन्त्री अधिकारीले फेवाताल अतिक्रमण गरेर रिसोर्ट सञ्चालन गरेर विवादित बनेका शाक्यलाई यही वैशाख १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै २९ जनाको समूहमा २८ औँ नम्बरमा मनोनयन गरेका छन ।

तस्बीरमा मन्त्री अधिकारी र पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिका सञ्चालक सुनिल शाक्य ।

पछिल्लो पटक सर्वोच्च अदालतले शाक्यले सञ्चालन गरेको पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिले तालको अतिक्रमण गरेको विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्न नापी विभाग लगायतका निकायलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र रहेको र उक्त रिसोर्टले सार्वजनिक जग्गा अतिक्रमण गरेको सार्वजनिक भएपछि शाक्यकाल पिता कर्ण शाक्य सामाजिक सञ्जालमा चर्को बिरोध भएपछि ट्वीटारबाटै विदा भएका थिए ।

अधिकारीको अध्यक्षतामा गठित पर्यटन क्षेत्रको विज्ञ समूह ।

शाक्यको मनोनयनसँगै नेकपा एमालेको पर्यटन प्रवद्र्धन विभागमा खैलाबैला मच्चिएको छ । पार्टीका लागि काम गरिरहेका वरिष्ठ पर्यटन व्यसायीलाई पर्याप्त रहेको बेलामा विवादित रहेका शाक्यलाई चुनाव खर्चको गुन तिर्न मनोनय गरिएको भन्दै आपत्ति जनाएका छन । मन्त्री अधिकारीले वैशाख १४ गते २९ जना व्यसायीलाई समेटेर आफ्नो अध्यक्षतामा पर्यटन विज्ञ समूह गठनको निर्णय गरेका थिए ।

 

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १४:०१