१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सिण्डिकेटको पक्षमा आज बस सञ्चालन नगर्नेको रुट परमिट खारेज हुने


२१ वैशाख, काठमाडौँ । सरकारले आज सञ्चालन नभएका बसहरुको रेकर्ड राखेर रुट परमिट खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले आज बस सञ्चालन नगर्नेको रेकर्ड राखी खारेज गर्ने तयारी गरेको हो । यता सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यबिधि अनुसार दर्ता भएका यातायात प्रालिहरुले आफ्नो सेवालाई निरन्तरता दिएका छन ।

सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको र विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गर्ने विभागको तयारी छ । सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १०:०३