१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

थानकोट–रत्नपार्क रुटमा मयुर गुड्यो, यात्रुलाई राहत (फोटोफिचर)


२१ वैशाख, काठमाडौँ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज बिहानैदेखि गाडी ठप्प पारेपछि थानकोट रत्पार्क रुटमा मयुरले सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध रहेका व्यवसायीले सवारी सञ्चालन नगरेपछि मयुरले आजबाट थानकोट रत्नपार्क रुटमा पनि सवारी सञ्चालन गरेको हो । मायुर यातायातको सेवाको सुरूवातमा काठमाडाैँ  निर्वाचन क्षेत्र १० प्रदेश ख का सांसद रमा अालेमगर र समानुपातिक सांसद वेलीमाया घले समेत सहभागी भएकी थिइन ।

मयुरको सेवा पाएपछि स्थानीय यात्रुहरु खुशी भएका छन । पत्रकार समेत रहेका स्थानीय श्रीहरि थापाले मयुरको सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै सवारीमा यात्रुको भीड लागेको तस्बीर फेसबुकमार्फत सार्वजनिक गरेका छन ।
तस्बीरहरुः श्रीहरि थापा

 

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०९:२४