१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

घरेलु रक्सीले युवाको ज्यान गयाे


२१ वैशाख, पर्वत । पर्वतमा अत्यधिक घरेलु रक्सी सेवनबाट एक युवाको ज्यान गयको छ ।पर्वतमो मोदी गाउँपालिका–७ का४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो ।

अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मदिराकै कारण लडेर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक क्षेत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । गाउँमा अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाउँदा स्थानीयको ज्यान जाने गरेको गुनासो गाउँलेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०८:५४