१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सल्यानमा विपन्न वर्गका किसानलाई बाख्रा वितरण


२१ वैशाख, सल्यान । सल्यानमा विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

कपुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन समूहका किसानलाई विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाई जमुनापारिको क्रस जातको बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यसका लागि गाउँपालिकाले रु तीन लाख खर्च गरेको छ । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरेका छन् ।

बाख्रा हस्तान्तरण गर्दै सेनले अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षे्नि राम्रो आम्दानी गर्नेछन् भन्ने विश्वास लिएको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०७:४६