१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सिण्डिकेटधारी व्यवसायीको बन्दले सार्वजनिक यातायात ठप्प, यात्रुहरु मारमा


२१ वैशाख, काठमाडौँ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज बिहान गाडी ठप्प पारेका छन । यसअघि नै उनीहरुले आज शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिएका थिए । आज बिहानैदेखि सार्वजनिक सावरीका साधन चलेका छैनन । छोटो तथा लामो दूरीमा हिडेका यात्रुहरु सडकमा आलपत्र परेका छन ।


सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले सिन्डिकेटधारीहरुको आग्रह विपरित गाडी चलाउने निर्णय गरेपनि यतिखेरसम्म काठमाडौँको सडमा त्यस्ता सवारी पनि देखिएका छैनन् । विहानै काममा निस्केका मनिसहरु सवारी नपाएपछि पैदल नै हिडेर गन्त्व्यमा लागेका छन ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०६:५३