१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

सुन तस्कर गोरेबाट सबैभन्दा बढी कमिसन खानेमा एसएसपी श्याम खत्री (कसले कति खाए ?)


२१ वैशाख, काठमाडौँ । गोरे भनिने चुडामणि उप्रेतीलाई सुन तस्करीमा सघाए वापत सबैभन्दा बढी रकम बुझ्नेमा एसएसपी श्याम खत्री अगाडी देखिएका छन । गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेकोमा एसएसपी खत्रीले मात्रै एक करोड १२ लाख ९२ हजार बुझेका छन ।

त्यस्तै पूर्व डिआइजी गोविन्द निरौलाले १७ लाख बुझेको गोरेले हिसाब गरेको रेकर्डबाट देखिएको छ । त्यस्तै एसपी विकासराज खनाललाई पाँच लाख, डिएसपी सञ्जय राउतलाई १५ लाख, जवान विष्णुबहादुर खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको गोरेको हिसाब रेकर्डमा देखिएको छ

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०५:५६